हरित प्रदेश अभियानअन्तर्गत मटिहानीमा वृक्षरोपण

समाचार

9/28/2018

महोत्तरी, १२ असोज । हरित प्रदेश अभियान कार्यक्रम अन्र्तगत शुक्रबार प्रदेश नं २ को ८ वटै जिल्लामा ५० हजारभन्दा बढी वृक्षरोपन कार्य प्रारम्भ गरिएको छ ।

मटिहानी नगरपालिकाको वडा नं ६ मा अवस्थित जलसागर पोखरीको किनारमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले रुख रोपेर कार्यक्रमको उद्घाटन गर्दै विभिन्न प्रजातीका २५०० रुख विरुवा स्थानीयको सहभागितामा रोपेका छन् ।

वृक्षरोपन कार्यक्रम पश्चात अन्तरक्रिया कार्यक्रममा भाग लिँदै वातावरण संरक्षणमा रुखविरुवाको भूमिका र प्रदेश सरकारको नीतिबारे पनि स्पष्ट पारेका थिए ।

सो अन्तरक्रिया कार्यक्रममा जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्ष, वन निर्देशक, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपली सेनाका मेजर, रष्ट्रिय अनुसन्धानको जिल्ला प्रमुख, डिभिजन वन कार्यलय धनुषाका प्रमुख लगायत राजनीतिक दल र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

तथ्यांकअनुसार हाल प्रदेश नं २ मा ४.३६ प्रतिशत मात्र वन रहेको र मानव बसोवासका लागि कमसेकम ४० प्रतिशत वन आवश्यक रहेकोले बृक्षारोपन कार्य अति नै महत्वपूर्ण रहेको कुरा कार्यक्रममा सहभागी वन तथा वातावरण विज्ञहरुले जानकारी गराएका थिए ।

यसैगरी, पर्यटन विकासको सम्भावनालाई उजागर गर्न उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री मण्डलले मटिहानी नगरपालिकास्थित मटिहानी मंठको अवलोकन भ्रमण गरेका छन् ।

सो भ्रमण पश्चात नगरपालिकाका पदाधिकारीसँग अन्तरक्रिया कार्यक्रममा बाल्दै मधेशको विकासका लागि प्रदेश सरकारको अग्रणी भूमिका रहेपनि केही प्राविधिक कारणवश कार्य सम्पादनमा गतिरोध सिर्जना भइरहेकोले अधिकार सम्पन्न प्रदेशले मात्र विकासलाई तीव्रता दिन सक्ने कुरा औल्याएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ