इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाभित्रका मुस्लिम हजयात्रीहरुलाई पहिलो पटक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण कार्यक्रम जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ३ लक्ष्मीनगरमा पहिलो पटक आयोजना भएको थियो ।
नेपाल हज समितिका नवनियुक्त सदस्य राशिद मिर्जा वेगको अगुवाईमा जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, कपडा लगाउने र दान पुन्य गर्ने विषयमा प्रशिक्षण गरेका हुन ।
साउदी अरबमा हजका क्रममा पुग्ने नेपाली हजयात्रीलाई खाने, बस्ने व्यवस्थापन गरिएको हज समितिका सदस्य राशिद मिर्जाले बताए ।
इस्लाम धर्ममा हज जिवनभरिमा एक पटक गर्नै पर्ने कार्य अन्तरगत पर्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता, गलतीको क्षमायाचना गरे हज पुरा हुने मुस्लिम आयोग नेपालका सदस्य तथा प्रवक्ता अरसद मिर्जाले बताए ।
मुस्लिम आयोगका सदस्य अरसद मिर्जाले नेपाल हज समितिले गरेको क्रियाकलापलाई आयोगले नियाल्दै आएकाले सबै हाजीहरुलाई सहज रुपमा साउदी अरब लैजाने र ल्याउने काम गर्न अनुरोध गरे ।
हज गरेपछि हाजी बच्चा झै पवित्र हुन्छ पछि उसले धार्मिक क्रियाकलापलाई ईमान्दारिता पुर्वक निर्वाह गर्नुपर्ने कुरानमा उल्लेख गरिएको छ । हाजीले गलत काममा लाग्नु हुदैन । गलत काममा लाग्ने हाजीको हज रद्द हुने विस्वास रहेको छ ।
शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाँउपालिकाका १६ जनालाई हज सम्वन्धि प्रशिक्षण दिइएको हो । अन्य पालिकाका हजयात्रीहरुलाई जिल्लाको तौलिहवामा कार्यक्रम आयोजना गरी प्रशिक्षण दिइने छ । यसवर्ष कपिलवस्तु जिल्लाबाट ८६ जनाले हज गर्न साउदी अरब जानुहुने नेपाल हज समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया