भारतका विदेशसचिव नेपाल आउँदै

समाचार

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने भ्रमणका लागि आउने भएका छन् ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा मिश्री आइतबार नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ