मधेशका मुख्यमन्त्रीसँग जनमतले सोध्यो स्पष्टीकरण

समाचार

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपबारे स्पष्टीकरण सोधेको छ ।

मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरेर जिम्मेवारी बाँडफाँट र सरकार विस्तार गरेको भन्दै आवश्यक जानकारी माग गरेको जनमतका प्रवक्ता डा.शरदसिंह यादवले जनाएका छन् ।

जनमतले परिणाम देखिने गरी जनताको हकहितको लागि मन्त्रालयको काममा ध्यान दिनुभन्दा मुख्यमन्त्रीले अनावश्यक उद्घाटन समारोहमा समय खर्चिएको, पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ