नेपाल–भारत सीमा क्षेत्रमा बृहत् सरसफाइ अभियान

समाचार

कपिलवस्तु । नेपाल र भारतबीचको सीमामा पर्ने दशगजामा लामो समयदेखि सङ्कलित फोहोरको समस्यालाई समाधान गर्न नेपाल र भारतका सुरक्षा निकायहरूले संयुक्त रूपमा वृहत् सरसफाई अभियान चलाएका छन् ।

कृष्णनगर–बढनी क्षेत्रको दशगजामा सम्पन्न यस अभियानमा दुवै देशका सुरक्षा अधिकारीहरू, सङ्घसंस्था, स्थानीय व्यापारी, समाजसेवी, र पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म कृष्ण नगरका स.प्र.ना.उ. शैलेन्द्र न्यौपाने र ईलाका प्रहरी कार्यालय कृष्ण नगरका प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा यो अभियान सञ्चालन गरिएको थियो ।

यस्तै, भारतका तर्फबाट असिस्टेन्ट कमाण्डर दिनेश कुमारले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न यस सरसफाई अभियानमा वडा न–२ का वडाध्यक्ष कृष्ण कुमार गुप्ता पनि सहभागी थिए। स्थानीय समुदायले यस सरसफाई अभियानको सराहना गर्दै यो अभियानले सीमा क्षेत्रमा दुवै देशबीचको सहयोग र सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ