आमा र छोराको हत्या आरोपित प्रतिवादी ४ बर्ष पछि पक्राउ

समाचार

राकेश यादव, रौतहट । आमा र छोरालाई हत्या गरी फरार रहेका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

४ वर्ष अघि रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ५ टेढा चौरमा २५ वर्षीय महिला र २ वर्षीय बालकलाइ हत्या गरी आमाको शब परालको आगोमा जलाएर फरार रहेका प्रतिवादीलाइ प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको हो।

रौतहटको दुर्गा भगवती गाउपालिका वडा नम्बर २ पिपरामा लुकी छुपी बसेको अवस्थामा कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादी दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ छतौना निवासी टिगन भन्ने दोष महमदको छोरा ४० वर्षीय मोहमद जनिफलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरी नायव उपरिक्षक दिपक कुमार रायका अनुसार पक्राउ परेका जनिफ २०७७÷१२÷१२ मा स्थानीय वडा नम्बर ४ छतौना बस्ने समरुद्दीन मिया कवारीको २५ वर्षीय श्री मति हुस्नेयारा खातुनलाई हत्या गरी परालको भुसमा आगो लगाई जलाएको र २ वर्षीय छोरा रेहानलाइ हत्या गरी ३ सय मिटर पर फालेर फरार भएको आरोप रहेको छ।

घटना पछि फरार रहेका जनिफलाइ प्रहरीले निगरानीमा राखी खोज तलाश गर्दै आएको क्रममा सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेको प्रतिवादीलाई रौतहट जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धानको कार्य अगाडी बढाइएको प्रहरी नायव उपरिक्षक रायले जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ