काठमाडौं । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् मधेश प्रदेशसभा सदस्य ई.बसन्त कुशवाहाले मधेश प्रदेश सरकार परिवर्तनको हल्ला फिजाइएको बताएका छन् ।
उनले उपनिर्वाचनलाई प्रभावित गर्ने गरि केही अनलाइन न्यूज पोर्टल र समूहले मधेश प्रदेश सरकार परिवर्तनको हल्ला फिजाउने काम गर्दै आएको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘सरकार, कर्मचारी र मधेशी जनतालाई भ्रमित गर्न खोज्दै छन् ।’
मुख्यमन्त्री सतिश सिंह नेतृत्वको मधेश सरकार सहमति बमोजिम पुरा अवधि काम गर्ने दाबी पूर्वमन्त्रीसमेत रहेका ई.कुशवाहाले यसमा ढुक्क रह्न अनुरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया