भूमिसम्बन्धी अध्यादेशमा लोसपाले समर्थन नगर्ने

समाचार

काठमाडौं । सरकारले संसदमा ल्याएको भूमिसम्बन्धी अध्यादेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समर्थन नगर्ने निर्णय गरेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गरी भूमिसम्बन्धी अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने जनाएका हुन् ।

‘वर्तमान सरकारले ल्याउन लागेको भूमिसम्बन्धी अध्यादेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’, अध्यक्ष ठाकुरले विज्ञप्तिमा भनेका छन्, ‘यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारु, लगायतका पूर्णरुपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट वञ्चित राखिने तथा यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ ।’

यो अध्यादेश जनताको हितविपरीत भएको उनले स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ