ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

समाचार

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सडकमा पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना.६ ख २८९५ नम्बरको ट्रकले ना.४० प ४१९५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय उदित नारायण झा को मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ