काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी जनमत संघले विद्यार्थी राजनीतिमा आमूल परिवर्तनलाई मूल एजेण्डा बनाउँदै स्वतन्त्र विद्यार्थी युनियन चुनावमा होमिएको छ ।
विद्यार्थी जनमत संघका केन्द्रीय संयोजक पोषण यादवले शिक्षा क्षेत्रमा रहेका वर्षौंदेखिका बेथितिहरु विरुद्ध आफूहरु लड्दै आएको बताएका हुन् । उनले विद्यार्थीहरुको हकहितका लागि सदैव आवाज उठाउँदै आएको बताउँदै शिक्षा क्षेत्रमा परिवर्तन चाहनेहरुले विद्याथी जनमत संघलाई नै मतदान गर्ने दाबी गरे ।
संयोजक यादवका अनुसार आसन्न स्ववियु चुनावमा जनमत विद्यार्थी संघले ७ ठाउँमा अन्य विद्यार्थी संगठनहरुसँग चुनावी सहकार्य गरिरहेको छ भने ६ ठाउँमा अध्यक्षका लागि एकल उम्मेद्वारी दिएको छ । उनले चुनावी सहकार्य गरेको ठाउँ र एकल उम्मेद्वारी दिएको ठाउँमा जनमत विद्यार्थी जित्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘अपमान र स्वभिमानको लडाइँमा तपाईं कसलाई रोज्नु हुन्छ ? हामी हेर्दै छौ परिवर्तनको बेला पढेलेखेका युवाको मत कता जान्छ ।’
तपाईको प्रतिक्रिया