काठमाडौं । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अनिलकुमार झाले नैतिकहीन, गैरकानूनी तथा गैरराजनीतिक कार्य गरेको आरोप लागेको छ ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले पूर्वमन्त्री झाले षड्यन्त्रपूर्वक नैतिकहीन कार्य गरी आफ्नो पार्टी कब्जा गर्ने दुस्प्रयास गरेको बताएका छन् ।
अनिल झाले पार्टी हत्याउन रामकुमार महतोलाई अपहरण गराउने, ज्यान मार्नेसम्मका कार्य गरेको आरोप लगाइएको छ ।
नेपाल सद्भावना पार्टीका रामकुमार महतोले जारी गरेको विज्ञप्तिः
पुर्वमन्त्री अनिलकुमार झाको नैतिकहिन, गैरकानूनी, तथा गैर राजनीतिक कार्यको घोर भत्र्सना ।
आदरणीय संचारकर्मी, पत्रकार बन्धु तथा न्यायप्रेमी जनसमुदायहरु ः
नेपाल सरकारका पुर्वमन्त्री, पुर्व सांसद समेत रहेका हाल लोसपाका वरिष्ठ नेता अनिलकुमार झाजी केहि दिन अघि गर्नुभएको नैतिकहिन, गैरकानूनी, तथा गैर राजनीतिक कार्यको घोर भत्र्सना गर्दै यो प्रेस विज्ञप्ती जारी गर्दे छु ।
यही मिति २०८१ मंसिर १, २, ३ गते सम्पन्न यस नेपाल सदभावना पार्टीको राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत्त रुपमा म रामकुमार महतो केन्द्रिय अध्यक्षमा निर्वाचित भएको यहाँहरुलाई सर्वविधित नै छ । निवार्चन आयोगले समेत २०८१ पुष २४ गते यस नयाँ कार्यसमिति र शंसोधित विधान २०८१ लाई अध्यावधिक गर्दै प्रमाणपत्र समेत प्रदान गरिसकको छ । तर यसैबीचमा पार्टी र म विरुद्ध केहि घृणित कार्यहरु भएका छन् । जसको उजागर गर्न जरुरी देखिन्छ । मिति २०८१ साल चैत्र ९ गते शनिवार यस नेपाल सदभावना पार्टीको केन्द्रिय कार्यालय जनकपुरधाममा पार्टीको केन्द्रिय कार्यसमितिको बैठक आयोजना भयो । बैठकमा नेपाल सदभावना पार्टी र राष्ट्रिय सदभावना पार्टीबीच एकिकरण तथा पार्टीका नियामावली एंव घोषणापत्र सम्वन्धी छलफलबारे प्रमुख एजेण्डा रहेको थियो । बैठक सुरु भएको एक घण्टापछि अचानक अनुमति बिना नै बैठक हलमा अनिलकुमार झाजीको प्रवेश भयो । उहाँ नेपाल सरकारका पुर्वमन्त्री समेत रहेका लोसपाका बरिष्ठ नेता समेत हुनुहुन्छ । तर पनि हामिले उहाँलाई सम्मान गर्दै बैठकमा आसनग्रहण गरायौं । उहाँले आफूलाई नेपाल सदभावना पार्टीको केन्द्रिय अध्यक्ष पदमा चैन गर्न प्रस्ताव राख्नुभयो । हामि आश्चर्य चकित भयौं, यसरी कसरी हुन्छ ? हाम्रो विधि विधान पनि त छ, भन्दै साथीहरुले प्रतिकार पनि गर्नु भयो । तर पनि पछि छलफल गरौंला आजको बैठक अर्के एजेण्डामा केन्द्रित छ । पछि छलफल गरौंला भन्दै उहाँलाई बैठकबाट विदा गरियौं । त्यसपछि नियामित ढङ्गबाट बैठक संचालन भई सम्पन्न भयो ।
त्यसपछि अनिलकुमार झाजी कै षडयन्त्रमा मिति २०८१ चैत्र २१ गते यस पार्टीका सहमहासचिव सुजयकुमार झाले पार्टी प्रवेश गर्ने व्यक्तीलाई भेट्न जाऔं भन्दै म रामकुमार महतोलाई आफ्नो मोटरसाइकलमा बसाई महोत्तरी जिल्ला लानु भयो । म स्वयं जान इच्छुक भंए । मलाई कुनै षडयन्त्रको अनुभूती भएन तर उहाँले मलाई महोत्तरीको मनराशिशवा नपाको एक सुनसान ठाँउमा लग्नुभयो । कसैलाई मोवाइलमा लाइभ लोकेशन
समेत सेयर गर्दै मलाई उक्त सुनसान स्थानमा पुु्याउनु भयो । त्यहाँ अन्य ३ जना परिचालित थिए । जसमा एक जना ब्यक्तिसँग हतियार (पेस्तोल) समेत थियो । उनीहरुले मलाई डर, त्रास र पेस्तोल समेत देखाई एक राजिनामा पत्र र अन्य कागजातहरुमा हस्ताक्षर गर्न अराइरहे तर मैले कुनै पत्रमा हस्ताक्षर गरिन । मोवाइलको मद्दतबाट जेनतेन स्थानीय नगर प्रहरी र मनराशिशवाको नेपाल प्रहरीअ द्वारा म उद्दार भएं । उक्त घट्नापछि सोही ठाँउमा सोही दिन रहेको मनराशिशवा प्रहरीमा रिर्पोट समेत लेखाएको छु ।
हाम्रो पार्टीको विधान अनुसार नयाँ अध्यक्ष चयन गर्न की केन्द्रिय अध्यक्षको राजिनामा, की अविश्वासको प्रस्ताव पारित, की अध्यक्षको मृत्यू वा कुनै कारणबाट अध्यक्ष पद रिक्त भएमा विशेष महाधिवेशनबाट मात्र केन्द्रिय अध्यक्ष चयन हुने अथवा केन्द्रिय अध्यक्ष स्वयले राजिनामा गरी नयाँ केन्द्रिय अध्यक्ष मनोनित गरेपछि केन्द्रिय कार्यसमितिले नयाँ अध्यक्ष चयान गर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार अनिलकुमार झाजी आफू अध्यक्ष बन्ने प्रयासमा रहेको अहिले बुझिएको छ । जवकी उक्त प्रावधानअनुर कुनै पनि वैधानिक कार्य भएको छैन तर अनिलकुमार झाजीले बिभिन्न किर्ते कागजातहरु त्यार गरी जालसाझी शैलीमा आफू अध्यक्ष भएको र आफ्नो अनुकुलको केन्द्रिय समिति समेत तयार पारी २०८१ चैत्र २९ गते निर्वाचन आयोगमा प्रस्तूत भएको हुँदा उक्त कार्य प्रति गम्भिर ध्यानाकर्षण भएको छ । साथै विधान अनुसार निर्णय समेत कुनैपनि कागजातमा प्रमाणित गर्ने अधिकार केवल अध्यक्षलाई हुँदाहुँदै निर्वाचन आयोगमा प्रस्तूत गरिएका किर्ते कागजातहरुमा महासचिव सरस्वती कुमारी झाको हस्ताक्षर समेत देखिएकाले उक्त गैरवैधानिक कार्यप्रति समेत हाम्रो ध्यानाकर्षण भएको छ ।
अतः अनिलकुमार झाजीको षडयन्त्रमूलक कार्यको भत्र्सना सहित उक्त किर्ते कागजातहरुका अधारमा कुनै पनि निर्णय नलिन निर्वाचन आयोगलाई आग्रह समेत गर्दे हाम्रा दुई महासचिव मध्ये दोस्रो महासचिव सरस्वती कुमारी झा, सहमहासचिव सुजय कुमार झालाई आवश्यक कानूनी कारवाही गर्न समेत सम्वन्धित निकायलाई आग्रह गर्दै पार्टी र म विरुद्ध भएका यस्ता कार्यहरुप्रति घोर भत्र्सना गर्दै सो गैर जिम्मेवारीपुर्ण कार्यहरुमा संलग्न वा साक्षी नरहन पार्टीका सम्वन्धित सम्पुर्णमा आग्रह सहित यो प्रेस विज्ञप्ती जारी गर्दछु ।
जय मातृभूमी ।।
.....................
रामकुमार महतो
केन्द्रिय अध्यक्ष
नेपाल सदभावना पार्टी
तपाईको प्रतिक्रिया