मधेशको मुख्य न्यायाधिवक्तामा डा.सिंह नियुक्त

समाचार

जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तमा अधिवक्ता डा.सुनिल रंजन सिंह नियुक्त भएका छन् ।

मधेश प्रदेशका प्रदेश प्रमुख प्रा.डा.सुरेन्द्र लाभ कर्णले मंगलबार डा.सिंहलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख प्रा.डा.कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा डा.सिंहलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ