राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ०१ पथरा स्कुल नजिक गौर पिपरा सडकखण्डमा शुक्रबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नं. को मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको बीआर३०एएफ २३७० नं. को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएका प्र.२–०३–०१८ प ३३४६ नं.को मोटरसाइकल चालक जिल्ला रौतहट दुर्गाभगवती गा.पा.०२ पिपरा बजार बस्ने अं.वर्ष ३० को अशोक महतो र बीआर३०एएफ २३७० नं.को मोटरसाइकल चालक जिल्ला रौतहट राजदेवी न.पा.०२ हजमिनिया बस्ने राजेन्द्र महतोको छोरा अं.बर्ष २९ को अरबिन्द महतोको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक बिष्णु प्रदिप बस्यालले जनाएका छन् ।
तपाईको प्रतिक्रिया