काठमाडौंमा मनाइयो भारतीय सेना दिवस

समाचार

काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले ७८औँ भारतीय सेना दिवस मनाएको छ ।

दूतावासले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी भव्यताका साथ ७८औं भारतीय सेना दिवस मनाइएको हो ।।

प्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित नेपाली सेनाका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी अशोक राज सिग्देलले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रधान सेनापति सिग्देलले सेना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका बहादुर गोर्खा सैनिकहरूको अमूल्य योगदानको प्रशंसा गर्नुका साथै दुई देशबीचको मित्रतालाई मजबुत बनाउन उनीहरूले खेलेको भूमिकाको कदर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ