रौतहटको चारै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन

समाचार

राकेश यादव, रौतहट । जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ । निर्वाचनलाइ शान्तिपूर्ण बातावरणमा सम्पन्न गराउने उद्देश्यले देशभरि नै बुधबारदेखि नेपाली सेना परिचालन भएसँगै रौतहटमा पनि सेनानीको कमाण्डमा सेना परिचालन गरिएको हो ।

रौतहट जिल्लाको पुरेनवामा रहेको नारायण दल गणका गणपति विस्वास बिस्टले रौतहटका चारै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिएको जानकारी दिएका छन् । निर्वाचनमा कुनै किसिमको अवाञ्छित गतिविधि नहोस् भन्ने उदेश्यका साथ नेपाली सेना परिचालन गरिएको हो ।

संयुक्त सुरक्षा गस्तीसमेत ठाउँ–ठाउँमा गर्ने कार्य भैरहेको छ । रौतहटमा २७७ मतदान स्थल रहेकोले मतदान स्थलको सुरक्षा, मतदातालाई शान्तिपूर्ण बातावरणमा मतदान गर्न सकिने वातावरण सिर्जना गर्ने लक्ष्य नेपाली सेनाको प्रमुख जिम्मेवारी पनि रहेको गणपति बिष्टले भने ।

अवस्था नाजुक भएको देखिएमा सुरक्षा निकायले दिएको जिम्मेवारी अनुसार कार्य गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ