बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा क्षेत्र नं. ४ का उपसभापति दीपक पंडित तथा रास्वपा नेता श्याम बाबु पाण्डेयले पार्टी परित्याग गरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन्।
एक कार्यक्रमका बीच उनीहरूलाई राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष एवं बारा ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनय यादवले स्वागत गर्दै पार्टीमा औपचारिक रूपमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले देशमा सुदृढ राष्ट्रिय एकता र हिन्दू राष्ट्र स्थापनाको लक्ष्यका साथ राष्ट्रिय एकता दल रोजेको बताएका थिए। उनीहरूले आगामी दिनमा पार्टीको संगठन विस्तार र जनताको हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय एकता दलका नेताहरूले दीपक पंडित र श्याम बाबु पाण्डेयको प्रवेशले बारा क्षेत्र नं. ४ मा पार्टी थप सशक्त बन्ने विश्वास व्यक्त गर्दै यसले संगठनलाई नयाँ ऊर्जा मिल्ने बताएका थिए। कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया