संघीयता जोगाउन छातामा मतदान गरौं : उम्मेदवार यादव

समाचार

राकेश यादव, रौतहट । जनता समाजवादी पार्टी नेपालका रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार योगेन्द्र राय यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न जसपा नेपालको चुनाव चिन्ह छातामा मतदान आवश्यक रहेको बताएका छन् ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर १ पथरामा बुधबार आयोजना गरिएको मतदातासँगको भेटघाट कार्यक्रममा सम्वोधन गर्दै मधेशी जनजाति दलित मुस्लिम महिला अपांग, अल्पसंख्यक समुदाय को हक अधिकारलाइ अझ प्रभावकारी बनाउन जसपा नेपालको आवश्यकता रहेको बताए ।

राज्यले मधेशी जनतासँग गरेको विभेदको अन्त्य र संघीयतालाई संस्थागत गर्न चुनौती रहेको भन्दै पूर्वकृषि राज्यमन्त्री यादवले मधेशी दलको संघीय सरकारमा सहभागिता जरुरी रहेको उल्लेख गरे ।

सदियौंदेखि शोषण गर्दै आएका नेकपा एमाले नेपाली कांग्रेस संघीयतालाई समाप्त पर्ने षड्यन्त्र गरिरहेकोले मधेशी जनताको बलिदानीबाट आएका संघीय लोकतान्त्रिक गणतन्त्र सस्थागत गर्न छातालाई जिताउनु पर्ने मतदातासँग आग्रह गरे ।

देशमा बढेको बेथिति भ्रष्टाचारीको विरुद्ध जेन जेड आन्दोलन भएको जिकिर गर्दै सुशासन पारदर्शिता कायम गर्नको लागि आफ्नो उम्मेदवारी दिएको बताउँदै निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धामा रहेका उम्मेदवार मध्ये जेन जी उम्मेदवार एक्लै भएको दावी समेत गरे ।

मधेश आन्दोलनको कारण विभिन्न वर्ग समुदायको आरक्षण भएको उल्लेख गर्दै बाँकी रहेका मुद्दालाई कानुनी रुपमा दिन अपरिहार्य भएको बताए ।

कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य बाबुलाल साह, केन्द्रीय सदस्य किरण ठाकुर, वरिष्ठ नेता श्रीमन नारायण मिश्र, अनिल कुमार सिंह, जिल्ला अध्यक्ष भरत साह लगायतका नेताहरुले मधेशी दलका उम्मेदवारको रुपमा रहेका युवा नेता योगेन्द्र राय यादवलाई सहयोग गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ