पूर्वराजा ज्ञानेन्द्रलाई समर्थकहरुको स्वागत

समाचार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् ।


विमानस्थलमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति छ । उनको स्वागतमा लगभग १० हजार समर्थकहरु सडकमा ओर्लिएको अनुमान गरिन्छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थल भित्रैबाट स्वागत गरेका थिए ।

झापाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लेका शाहलाई उनका हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पु¥याएका हुन् । उनको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल अगाडि पुगेका थिए । त्यहाँबाट नाराजुलुस गर्दै चक्रपथको बाटो निर्मल निवास लगिएको थियो ।

समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् ।

विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ