मोटरसाइकल दुर्घटनामा परि श्रीमान् र श्रीमतीको मृत्यु

समाचार

राकेश यादव, रौतहट । जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ स्थित गौर गंगापिपरा सडकखण्ड अन्तर्गत झाझ पुलदेखि ५० मिटर उत्तर तर्फ आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेको भारतीय नम्बर बी आर ३० यु १३७१ नम्बरको मोटर साइकल अनियन्त्रित भै सिसौको रुखमा ठक्कर खादा भएको दुर्घटनामा मोटरसाइकलमा सवार रहेका लोग्ने स्वास्नीको मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भीर अवस्था प्रहरीले उद्दार गरि उपचारको लागि प्रादेशिक अस्पतालमा पुर्याउँदा चिकित्सकले घाइते भएका स्थानीय यमुनामाइ गाउँपलिका वडा नम्बर ४ बस्ने २४ वर्षीय जितेन्द्र साह र निजको २२ वर्षीया पत्नी पुनम देवी साहलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् ।

आवश्यकता भन्दा बढी तीव्र गतिमा मोटरसाइकल चलाएको कारण दुर्घटना हुन गएको प्रहरीको अनुमान रहेको छ । मृतकको शव परिक्षण गरि दाह संस्कारको लागि परिवारको जिम्मा लगाइएको छन् । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु पर्ने समेत प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ