इमरान खान, कपिलवस्तु । कपिलवस्तुमा सार्वजनिक स्थानमा बम राखेको आरोपमा नेकपा बहुमतका एक जना कार्यकर्ता पक्राउ परेका छन् ।
मंगलबार बिहान कपिलवस्तु जिल्लाको बर्गदीघाट पुल, गोरुसिंग बनगाई सडक खण्ड र बनकस बासामा गरी ३ स्थानमा बम राखेको अवस्थमा फेला परेको थियो ।
सार्वजनिक स्थानमा बम राखेको आरोपमा नेकपा बहुमतका कार्यकर्ता बाणगंगा नगरपालिका वडा नम्बर २ तिनैयाका ५८ वर्षीय शोभे भन्ने खेमे थारुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।
थारुमाथी मुलुकी अपराध संहीता २०७४ अनुसार मुद्दा चलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसंधान प्रकृया अघि बढाइएको प्रहरीले बताए ।
नेकपा बहुमतले बिभिन्न माग राख्दै नेपाल बन्दको आवहन गरेको थियो ।
तपाईको प्रतिक्रिया