राकेश यादव, रौतहट । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ६ राजदेवी माठ टोलमा नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
चुनावी प्रचार प्रसारको क्रममा उनीहरु पार्टी परित्याग गरि कांग्रेसका उम्मेदवार अनिल कुमार झालाई सहयोग गर्ने उद्देश्यले पार्टी प्रवेश गरेका हुन् ।
स्थानीय बाबुलाल साहको दरवाजामा आयोजित कार्यक्रममा बाबुलाल साह सहित राजाराम साह, लक्ष्मन साह, गणेश साह, राज कुमार साह, जय नारायण साह, कृष्णा साह, समत महरा, मुकेश साह, बिरेन्द्र साह, संजय साह, विजय साह लगायतले उम्मेदवार अनिल कुमार झा संग टिका लगाएर पार्टी प्रवेश गरेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा माधब नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीका राजदेवी नगर पालिका का नगर प्रमुख भिखारी प्रसाद यादवलाइ सहयोग गरेका कार्यकर्ताहरू नगर प्रमुख यादवको रबैया देखि असन्तुस्ट भएर पार्टी परित्याग गरेको हो।
कांग्रेस पार्टीमा प्रवेश गरेका वडा नम्बर ५ का राज कुमार साहले पार्टीका उम्मेदवार जिताउन दिन रात मिहनेत गरेको र जिते पछि कुनै मुल्यांकन नगरेको दुखेसो पोखे। पार्टीको लागि काम गरेपनि कुनै मान सम्मान नगरेपछि सो पार्टीमा बस्नु कुनै औचित्य नरहेको उनीहरुको भनाइ रहेको छ ।
नव प्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै रौतहट १ का उम्मेदवार अनिल कुमार झाले परिवार्तित कांग्रेसमा विभिन्न पार्टी छोडेर आउनेहरुको क्रम बढेकोले सुखद पक्ष भएको बताए ।
जेनजी आन्दोलन पछि कांग्रेस परिवर्तन भएको बताउँदै पूर्वमन्त्री झाले आउने चुनावमा ठुलो दल भएर कांग्रेसले मुलुकको नेतृत्व लिने दावी गरे।
सो अवसरमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नागेन्द्र साह, राजदेवी नगरपालिकाका पूर्व नगर प्रमुख धिरेन्द्र सिंह, युवा समाजसेवी नविन सिंह लगायत दर्जनौ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया