महोत्तरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल तातिँदै जाँदा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी बढ्दै गएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार डा.मिनाक्षी ठाकुर (छाता छाप) को घरदैलो अभियान तीव्ररुपमा अगाडि बढेको छ ।
उम्मेदवार डा.ठाकुर घरदैलो गरिरहँदा उनको समर्थनमा स्वतःस्फूर्तरुपमा हरेक वर्गका नागरिक खासगरी महिला र जेन्जी उमेर समूहका युवाहरुको विशेष सहभागिता देखिएको छ । उनले एकडारा गाउँपालिका वार्ड नं ३, ४ मा पनि घरदैलो गरिरहँदा मतदाताको उल्लेखनीय उपस्थिति र उत्साह देखियो ।
स्थानीयस्तरमा आयोजित कार्यक्रममा सर्वसाधारणको सक्रिय सहभागिता, फूलमाला, खादा र गमछा सहितको स्वागत तथा “मतदान गरेर जिताउँछौं” भन्ने प्रतिबद्धताले चुनावी माहोल तातेको संकेत दिएको छ ।
घरदैलो कार्यक्रममा मधेश प्रदेशका मन्त्री सांसददेखि पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो ।
घरदैलोका क्रममा विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका मुद्दामा मतदातासँग प्रत्यक्ष संवाद डा. ठाकुरले गरेकी छिन् । महोत्तरी –३ मा बढ्दो सक्रियता र जनसमर्थनले आगामी प्रतिनिधिसभाको चुनावमा छाता छापको विजय निश्चित भएको नागरिकहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया