रुपन्देही ४ मा एमालेको चुनावी सक्रियता बढ्दो, पूर्वमेयर बब्लु शुक्ला जिताउन लागि परे

समाचार

इमरान खान,रुपन्देही । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत नेकपा एमालेले रुपन्देही निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार प्रमोद कुमार यादवको प्रचार–प्रसार गतिविधिलाई तीव्र बनाएको छ ।

पार्टीको सबैभन्दा बलियो संगठन मानिने सम्मरीमाई गाउँपालिकाका जल्दो बल्दो युवा नेता तथा पूर्वमेयर जितेन्द्र नाथ शुक्ला उर्फ बब्लु शुक्लाको सपोर्टले यस क्षेत्रमा यतिबेला नेता तथा कार्यकर्ता चुनावी अभियानमा सक्रिय देखिएका छन् ।

कोटीमाई गाउँपालिकामा आयोजित घरदैलो कार्यक्रम बोल्दै नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार तथा युवा नेता प्रमोद कुमार यादवले प्रतिस्पर्धी पक्षबाट विभिन्न किसिमका अफवाह फैलाइँदै आएको बताए । पुर्वी क्षेत्रमा एमालेको संगठन कमजोर रहेको र उम्मेदवार परिचित नभएको भन्ने भ्रम फैलाइएको भन्दै उनले त्यसप्रति खण्डन गरे ।

उम्मेदवार गुप्ताले आफू घरदैलो अभियानमा जाँदा पुर्वी क्षेत्रका तथा रुपन्देही क्षेत्र नम्बर ४ का मदाताबाट व्यापक साथ, सहयोग र सकारात्मक प्रतिक्रिया पाएको बताए । उनका अनुसार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले गरेका विकास निर्माण तथा जनमुखी कामका कारण मतदाता उत्साहित देखिएका छन् ।

रुपन्देही क्षेत्र नं. ४ विकास, पूर्वाधार र समृद्धिका हिसाबले अग्रपंक्तिमा रहेको र त्यसको प्रमुख श्रेय एमाले जितेन्द्र नाथ शुक्ला उर्फ बब्लु शुक्लाको नेतृत्वलाई जाने कुरा पनि उनले मतदाता माझ स्पष्ट पारे ।

त्यस्तै गरी घरदैलो कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका जल्दो बल्दो युवा नेता तथा पुर्व मेयर जितेन्द्र नाथ शुक्ला उर्फ बब्लु शुक्ला बोल्दै आगामी दुई वर्षभित्रै गरिएका जनतासँग प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गरे ।

आफु मेयर नहुँदा पनि मर्चवार क्षेत्रका जनताका लागी तथा समग्र मर्चवारबासीहरुका लागि आफ्नो अवाज उठाउँदै आएको तथा बिकास बेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था का कार्यक्रमहरु गर्दै आइरहेको र बाँकी बाटो घाटो लगायतका सम्पुर्ण प्रतिबद्धता, योजनाहरू पनि १–२ वर्षभित्रै पूरा गरिने आश्वासन बब्लु शुक्लाले दिए ।

बब्लु शुक्लाका अनुसार हिजोको रुपन्देही क्षेत्र नम्बर ४ मर्चवार र आजको रुपन्देही मर्चवारमा परिवर्तन शुन्य देखिएको र सडक, भवन तथा अन्य पूर्वाधार निर्माणमा कुनै पनि प्रगति नभएको उल्लेख गरे । राष्ट्रियता, समृद्धि र जनजीविकाको सवालमा एमालेले बलियो आधार तयार गरिरहेको बताउँदै उनले प्रमोद कुमार यादवले एमालेको जित अपरिहार्य रहेको धारणा राखे ।

पूर्वमेयर बब्लु शुक्लाका अनुसार अहिले क्षेत्रका घरदैलो कार्यक्रमलाई अझ सशक्त, योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाइने, संगठनलाई थप चलायमान बनाइने तथा निर्वाचन लक्षित प्रचार–प्रसारलाई तीव्रता दिइने समेत जानकारी दिए ।

रुपन्देही क्षेत्र नम्बर ४ का जनताहरु एमालेमय बन्न पुगेको छ र हाम्रा उम्मेदवार प्रमोद कुमार यादवलाई आफ्नो अमुल्य मत दि बिजयी गराउन सम्पुर्ण जनसमुदायहरुमा अनुरोध पनि गरेका छन् । घरदैलो कार्यक्रम अन्तर्गत नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादवलाई देखेर गाउँहरुका गरिब असाहयहरुको आँखाबाट आँसु समेत झरेको थियो । पार्टी सित सरोकार नभए पनि जनता व्यक्तिलाई हेरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ