अफवाहको पछि नलागौं निर्वाचन समयमै हुन्छ : गृहमन्त्री अर्याल

समाचार

राकेश यादव, रौतहट । नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचन हुने नहुने विषयमा टिकाटिप्पणी गर्ने समय गइसकेको बताएका छन् ।

नागरिक सरकार भएकोले तोकिएको मितिमा नै निर्वाचन सम्पन्न गराउने मुख्य दायित्व नागरिक सरकारको रहेकोले चुनावको विषयमा भ्रम फैलाउने माथि विश्वास नगर्न आग्रह गरेका हुन् ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे निरीक्षण अनुगमन गर्न रौतहट जिल्ला पुगेका गृहमन्त्री अर्यालले सुरक्षा निकायका प्रमुखसँगको छलफल पछि संचारकर्मीसँग कुरा गर्दै निर्वाचन समयमै हुने बताए । सभ्य गर्नेलाई सहज गर्ने र कानुन विपरीत गर्नेलाई कानुनी कारबाही समेत गर्न सरकार पछि नहट्ने चेतावनी समेत दिए ।

केही समूहले चुनावको विषयलाई लिएर अफवाह फैलाउने गरेकोमा त्यसमा कुनै सत्यता नरहेको भन्दै सरकार र निर्वाचन आयोग निर्धारित समयमा शान्तिपूर्ण वातावारणमा चुनाव सम्पन्न गराउने पूर्ण तयारी गरिसकेको बताए ।

चुनावलाइ लिएर जनतामा उत्सुकता रहेको र देश चुनावमा होमिएकोले निर्धक्क भएर मतदान गर्न हुन आग्रह समेत गरे । उनले भने सरकार मतदाता र मतदान स्थललाइ पूर्ण रुपमा सुरक्षा प्रदान गर्ने तयारी गरेको छ । कसैले डर त्रास धम्कि दिए सिधै सुरक्षाकर्मीलाइ जानकारी गराउन अपिल गरेका छन् ।

नागरिक सरकार रहेकोले सभ्य रुपमा प्रस्तुत हुनेलाई सहजता प्रदान गर्ने र कानुन विपरीत कार्य गर्नेलाई कठोरताको साथ प्रस्तुत हुन पनि पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ