महोत्तरी । समीम मियाँ अन्सारी नेतृत्वको राष्ट्र निर्माण दल नेपालले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी डा.मिनाक्षी ठाकुरलाई समर्थन गरेको छ ।
राष्ट्र निर्माण दलका प्रवक्ता अफरोज मंसुरले विज्ञप्ति जारी गरी महोत्तरी ३ का उम्मेदवार मुस्ताक अन्सारीले यस क्षेत्रमा जसपा नेपालका उच्च शिक्षित महिला तथा मधेशकी होनहार चेली डा.मिनाक्षी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको जनएका छन् ।
प्रवक्ता मंसुरका अनुसार अन्य क्षेत्रहरुमा राष्ट्र निर्माण दल र जसपा नेपालबीच स्वस्थ्य सम्बन्ध राखी प्रतिस्पर्धा गर्नेछ ।
महोत्तरी ३ मा राष्ट्र निर्माण दलको समर्थनले जसपा नेपालकी उम्मेदवार डा.ठाकुर झन् बलियो स्थितिमा पुगेकी छन् ।
तपाईको प्रतिक्रिया