इरभिङ, टेक्सास । मधेशी एकता समाज अमेरिकाले भव्य रूपमा होली कार्यक्रम आयोजना गरेको छ । फेब्रुअरी २८ गते आयोजना गरिएको कार्यक्रममा एक सयभन्दा बढी समुदायका सदस्यहरूको सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई उल्लासमय, रंगीन र स्मरणीय बनाएको थियो ।
कार्यक्रमको नेतृत्व टेक्सास च्याप्टरका अध्यक्ष सुरेन्द्र रामले गरेका थिए । उनले उपस्थित सबैलाई हार्दिक होली शुभकामना व्यक्त गरे ।
कार्यक्रममा मधेशी एकता समाज अमेरिकाका वरिष्ठ उपाध्यक्ष सञ्जय ज्यामिरेको उपस्थितिसँगै शुभकामनाले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।
कार्यक्रमका विशेष अतिथिहरूमा प्रवीण भण्डारी, नेपाली महावाणिज्य दूतावास डल्लासका प्रवक्ता, युलेस सिटी काउन्सिलका उप–मेयर टिका पौडेल, नेपालिज सोसाइटी अफ टेक्सास (ल्क्त्) का अध्यक्ष विजय भुसाल, इन्द्रेणी समाजका अध्यक्ष नेत्र पाण्डे, मधेशी एकता समाजका अन्तर्राष्ट्रिय उपाध्यक्ष सशी यादव, प्रख्यात सामाजिक अभियन्ता अमरनाथ साह, साथै विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमले समुदायबीच एकता, सांस्कृतिक सद्भाव र सशक्त सामुदायिक भावनालाई उजागर गरेको थियो ।
रंगहरूको पर्व होलीलाई हर्षोल्लासका साथ मनाउँदै सहभागीहरूले आपसी मेलमिलाप र भाइचाराको सन्देश दिएका थिए । कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सबै अतिथि, सहभागी तथा स्वयंसेवकहरूप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
तपाईको प्रतिक्रिया