राकेश यादव, रौतहट । रौतहट जिल्लामा चुनावी सरगर्मी बढेको छ । जेनजी आन्दोलन पछि हुन् लागेको प्रतिनिधि सभाको निर्वाचनको समय नजिकदै जादा चुनावी माहोल तातिदै गएको हो । निर्वाचनमा भाग लिएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु गाउ गाउमा प्रचार प्रसारमा होमिए पछि चुनावी वातावरण सृजना भएको छ ।
भदौ २३ र २४ गते हिंसाक आन्दोलनमा नेपाल सरकारले गरेको दमन पछि हुन् लागेको निर्वाचनमा परिवर्तनको नारा समेत गुन्जयमान भएको छ । रौतहटमा सबै भन्दा बढी हट सिटको रुपमा व्याख्या गरिएका निर्वाचन क्षेत्र नम्बर १ मा दुइ पुराना राजनीतिक दलका उम्मेदवारले एउटा नारा लगाई रहेको देखिएका छन् ।
पहिलाको साबिक बिजेता हाल नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले मतदाता समक्ष यो निर्वाचन नै अन्तिम रहेको भन्दै हिडेका छन् ।
पटक पटक निर्वाचित भएका २०५६ ,२०७०,र २०७९ माधव कुमार नेपालले उमेर बढी भएको भनि यो निर्वाचन अन्तिम रहेकोले सहयोग गर्नु पर्ने भनि भावनात्मक खेल खेलिरहेको छ भने तिन पटक संसदीय निर्वाचनमा हार व्योहोरेका अजय कुमार गुप्ताले यस पालि जनताले सहयोग नगरे अव देखि राजनीतिकबाट सधैको लागि अलग हुने भन्दै प्रचार प्रसार गर्दै हिडेका छन् ।
माधव नेपाल संग दुइ पटक पराजित भएका गुप्ताले माधव नेपाल माथि लागेको भ्रस्टाचारको अभियोगलाइ आफ्नो चुनावी मुद्दा बनाएका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अनिल कुमार झा माथि पनि भ्रस्टाचार गरि जनतालाइ झुक्याएर जयनगरमा १५ विगाहा जागा जोडेको आरोप पनि गुप्ताले लगाउदै आएका छन् ।
पुर्व प्रधानन्त्री ,पुर्व मन्त्रि रौतहट १ बाट चुनावी प्रतिस्पर्धामा रहेकोले यो क्षेत्रलाइ रोचक क्षेत्रको रुपमा चित्रण गरिएको छ । गएको २०७९ को निर्वाचनमा नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र लगायतका दल संग गठवन्धन गरि ३३ हजार भन्दा बढी मत ल्याएर निर्वाचित भएका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाइ यस पालि आफ्नो राजनीतिक बिरासत जोगाउन चुनौती भएको छ ।
गौर नगरपालिका ,राजदेवी नगर पालिका र दुर्गा भगवती गाउ पालिकामा राम्रो पकड मानिएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव नेपाललाइ सम्मानजनक मत पाउन चुनौती नै देखिएका छन् ।
गौर नगरपालिका र राजदेवी नगरपालिकाका नेता नेपालका साबिक पार्टी नेकपा एकीकृत समाजवादीबाट निर्वाचित नगर प्रमुख उपप्रमुख र १३ जना वडा अध्यक्षहरु भएपनि मत भने कम आउने आकलन गरिएको छ । यी दुइ पालिकामा नेपाल को दोस्रो स्थान आउने स्थानीय सुर्य कुशवाहाको अनुमान रहेको छ । पहिलो स्थानमा नेकपा एमालेका उम्मेदवार अजय गुप्ता नै रहने अनुमान रहेको छ ।
नेकपा एमालेका रबैया देखेर स्थानीयहरु दुखित् रहेकोले एमालेका उम्मेदवारलाइ निर्वाचित हुन् गार्हो हुने स्थानीयको बुझाई रहेको छ । जेनजी आन्दोलनमा मारिएका युवा बाल बालिकाको सम्झनाले गर्दा नेपाली कांग्रेस र नेकपा एमाले प्रति जन विस्वास घट्दो क्रम रहेकोले दुवै उम्मेदवारलाइ सफलता हासिल गर्न धेरै नै चुनौती रहेको छ ।
माधव नेपालले पटक पटक जितेर पनि जनताको चाहना अनुसार काम नगरेकोले उहा प्रति पार्टीको कार्यकर्ता बाहेक अन्यको समर्थन कम देखिएको छ । भ्रस्टाचारको मुद्दा ठुलो असर पुर्याई रहेको छ ।
२०७४ सालमा निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेदवार अनिल झा प्रति स्थानीय मतदाता विस्वास गर्ने अवस्थामा देखिएका छैन । स्वर्गीय गजेन्द्र नारायण सिंहको नाउमा गरेको ठगि मुद्दा जनता माझ रहेको छ ।
रौतहट १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार योगेन्द्र राय यादवले युवा पुस्ताको उम्मेदवार रहेको भन्दा मतदातालाइ आफ्नो तर्फमा तान्ने प्रयास गरिरहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका राजेश चौधरीले मुलुकमा कायम रहेका भ्रस्टाचार ,बेथितिलाइ अन्त्य गर्न मत दिनु पर्ने भन्दै मतदातालाइ आफ्नो पक्षमा गर्ने प्रयासमा देखिएका छन् ।
हिन्दुहरुको महान पर्व फागु पुर्णिमा होलि को भोलि पल्ट हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदातालाइ आर्थिक प्रभावमा पार्न सकिने उच्च सम्भावना रहेको छ । चुनावी दंगालमा रहेका उम्मेदवार विच चुनावी को माहौल भएपनि रौतहट एक का मतदाताहरु शान्त भएर बसेको कारण कसले कति मत ल्याउन सकिन्छ भने अनुमान गर्न गाह्रो भएको छ ।
तपाईको प्रतिक्रिया