महोत्तरी । जनता समाजवादी पार्टी नेपालबाट महोत्तरी ३ की प्रतिनिधिसभा सदस्य डा.मिनाक्षी ठाकुरको घरदैलो तथा रोड शो कार्यक्रम तीव्ररुपमा अगाडि बढिरहेको छ । उनको घरदैलोमा जनलहर पनि उत्तिकै बढिरहेको छ ।
घरदैलोसहित डा.ठाकुरले महोत्तरी ३ मा ‘रोड–शो’ र घरदैलो गरेकी छन् । हजारौंको सहभागितामा सुरु भएको रोड–शो विभिन्न ठाउँमा पुगेको छ ।
परिवर्तित परिवेशमा सक्षम र शिक्षित युवाहरु समाज रुपान्तरणमा अगाडि आउनुपर्छ भन्ने जुन आवाज उठिरहेको छ, डा.ठाकुरको उम्मेदवारीले यहाँका नागरिकमा उत्साह थपिएको छ ।
उनले भनेकी छन्, ‘मेरो राजनीतिक लक्ष्य के हो भने म जुन समाजमा जन्में, हुर्कें, जुन पीडा मैले भोगेकी छु, मधेशी समाजले जुन पीडा भोगेको छ, त्यो समाजको उत्थानका लागि काम गर्ने हो ।’
समाजलाई आर्थिक समुन्नतितर्फ कसरी लिएर जाने त्यसमा आफ्नो योगदान रहने बताउँदै समग्र देशको समृद्धिका लागि समेत आफूले काम प्रतिबद्धतासमेत उनले जनाउँदै आएकी छन् ।
‘म त्याग र सेवामा विश्वास गर्छु । मेरो पेसा पनि चिकित्सा नै हो । म एउटा महिला पनि हुँ । महिला सशक्तिकरणका लागि काम गर्ने जसपा नेपालको एजेण्डा छ । मैले उच्च शिक्षा प्राप्त गरेको छु, फेलोशिपमा नाम निकालेर म पढ्न सफल भएको छु । यी सबै अनुभवबाट मैले खासगरी महोत्तरी ३ का महिलाहरुको जीवनशैली, शिक्षा, स्वास्थ्य, रोजगार र सशक्तिकरणमा एउटा आदर्शको रुपमा काम गर्न सकूँ भनेर नै मेरो राजनीतिक लक्ष्य हो । यसले मेरो पार्टीको महिला सशक्तिकरणको अभियानलाई पनि टेवा पु¥याउँछ । त्यस हिसावले मैले काम गर्ने लक्ष्य लिएको छु ।’ उनको प्रतिबद्धता रहेको छ ।
डा.ठाकुरप्रति बढ्दै गएको जनलहरले स्पष्ट संकेत गरिरहेको छ कि उनी जीततर्फ अग्रसर हुँदै गएकी छन् ।
महोत्तरी निर्वाचन क्षेत्र नं. ३ जलेश्वर नगरपालिकाको वडा नम्बर ५ पर्सा, पतैली, चौरीया, विष्णुपुर र जलेश्वर ८ लगायतमा पनि जसपा नेपालकी उम्मेदवार डा. ठाकुरको घरदैलोमा नागरिकहरुको उत्साहपूर्ण सहभागिता देखिएको छ ।
तपाईको प्रतिक्रिया