चोरीको १५ मोटर साइकल भन्सार चलान

समाचार

राकेश यादव, रौतहट । रौतहट प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बिना कागज पत्रको मोटर साइकल कार्यवाहीको लागि भन्सार चलान गरेको छ।

अलग अलग जगह र समयमा चेकजाच गर्ने क्रममा नियन्त्रणमा लिइएको कागज पत्र नभएको अबैध १५ थान मोटर साइकल तथा भन्सार छली गरि ल्याउदै गरेको अवस्थामा बरामद गरिएको समान समेत कार्यवाहीको लागि गौर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिएका छन्।

गौर न.पा. वडा नं. ४ बसपार्क चोक स्थितमा विभिन्न सवारी साधनहरुलाई रोकी चेक जाँच गर्दा खाध्यान्न सर–सामानहरु भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा अं. मूल्य रु. ७२३०।– (सात हजार दुई सय तिस) बरावर र विभिन्न मिति÷ समयमा यस जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई अनुसन्धानमा रहेका कागज पत्र नभएका अबैध १५ वटा मोटरसाईकलको अं. मूल्य रु.११,७०,०००।– (एघार लाख सतरी हजार) समेत गरी कुल मूल्य रु.११,७७, २३०।– (एघार लाख सतहत्तर हजार दुई सय तिस) बरावरको अबैध सामानहरु आवश्यक कारवाहीको लागि गौर भन्सार बुझाईएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ