रौतहट जिल्ला अदालतको कर्मचारी घुसको रकमसहित पक्राउ

समाचार

राकेश यादव, रौतहट । रौतहट जिल्ला अदालत गौरमा करार सेवामा कार्यरत एक कर्मचारी मंगलवार घुसको रकम सहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग अनुचित रुपमा रकम मांग गरिरहेको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय हेटौंडाबाट आएको टोलीले जिल्ला अदालतको वीगो फाटमा कार्यरत कर्मचारी रौतहट जिल्लाको परोहा नगरपालिका अन्तर्गतको बसंतपट्टी निवासी डिट्ठा लव कुमार सिंह घुसको रकम सहित रंगेहात पक्राउ परेको हो ।

करीव दिन बजेको समयमा अदालत भित्र प्रबेश गरेका आयोगको टोलीले अदालतको फैसला बमोजिमको जग्गाको दाखिल खÞारिज को पुर्जी जारी गरिदिने वापत लिएको ५० हजार रुपैया सहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयका प्रवक्ता न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डिट्ठा सिंहको साथबाट घुस वापत लिएको ५० हजार रकम र १ थान मोबाईल बरामद गरिएको छ । न्यायपालिका र कार्यपलिकामा बिगत देखि अनुचित रुपमा रकम लिने कार्य भैरहेको गुनासोहरु आईरहदा पहिलो पटक अख्तियारले अदालत भित्र प्रबेश गरेर घुस रिशवत को रकम सहित कर्मचारीलाई पक्राउ गर्न सफल भएको स्थानियहरुको प्रतिक्रिया रहेको छ ।

वीगो फाटमा कार्यरत कर्मचारी सिंह घुसको रकम सहित पक्राउ परेपछि अदालतमा कार्यरत अन्य कर्मचारी र भूमिसुधार तथा मालपोत कार्यालय नापी कार्यालय लगायत का अन्य सरकारी कार्यालयका कर्मचारीहरुमा त्रासको बातावरण सृजना भएको छ ।

अख्तियारको टोलीले यस्तै छापा हानेर अनियमित रुपमा रकम असली गर्ने कर्मचारीलाई नियन्त्रणमा लिनु पर्ने स्थानियहरुको सुझाव रहेको छ । अख्तियारले कड़ाई गरिमा स्वतः भ्रस्टाचार नियंत्रण हुने विस्वास रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ