क्रिप्टो करेन्सी कारोबार गर्ने चिनियाँ नागरिक १७ करोड ७९ लाखभन्दा बढी रुपैयाँसहित पक्राउ

समाचार

काठमाडौं । विभिन्न सामाजिक सञ्जालबाट अभौतिक मुद्रा क्रिप्टो करेन्सी कारोबार गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विभिन्न सामाजिक सञ्जालमार्फत् नेपाली नागरिकहरूसँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रा क्रिप्टो करेन्सीमा साटी कारोबार गर्ने चिनियाँ नागरिक झु यि फेङलाई ठमेलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका २६ ठमेलबाट ३५ वर्षीय चिनियाँ नागरिक फेङलाई नेपाली रु. १७,७९,७०,३७१.२३।– (अक्षरेपि सत्र करोड उनासी लाख सत्तरी हजार तीन सय एकहत्तर रुपैयाँ तेइस पैसा) बराबरको अभौतिक मुद्रा युएसडीटी (क्रिप्टो करेन्सी) को कारोबार, ३ थान मोबाइल र इन्टरनेशनल एक्सप्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरूसहित नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ