काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले कांग्रेस कम्युनिष्टलाई उपसभामुख दिन नहुने तर्क अघि सारेका छन् ।
उपसभामुखमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीले दाबी गरेको प्रसंगमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै बस्नेतले उक्त टिप्पणी गरेका हुन् ।
बस्नेतले भनेका छन्, ‘कांग्रेस कम्युनिष्टले कमिशन, घुुस खाएकै हो, खान बाँकी केही छैन । लाज सरम, घिन, ईमान पचाएकै हो, पचाउन बाँकी केही छैन ।’
उनले थपेका छन्, ‘कांग्रेस कम्युनिष्टले पद, अवसर, प्रतिशोध, बदला लिएकै हो लिन बाँकी केही छैन । उनीहरुले जनतालाई झुठा आश्वासन, धोका दिएकै हो दिन बाँकी केही छैन ।’
हत्या, षड्यन्त्र, ठगी, भ्रष्टाचार गरेकै हो गर्न बाँकी केही छैन फेरी कांग्रेस कम्युनिष्टलाई एउटा उपसभामुख चाही किन चाहिएछ भन्दै उनले व्यङ्ग्यात्मक प्रश्न गरेका छन् ।
तपाईको प्रतिक्रिया