आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

समाचार

रौतहट । जिल्लाको मौलापुर नगरपालिकाले मौलापुर बजारका आगलगी पीडित जगदीश साहलाई राहत उपलब्ध गराएको छ ।

तीन दिनअघि साहको घरमा ग्यास सिलिण्डर पड़केर आगलागी भएको थियो । घरवारविहीन भएका पीडित परिवारलाई दैनिक प्रयोग हुने अतिआवश्यक राहत सामाग्री मौलापुरका मेयर रिनाकुमारी साहले उपलब्ध गरएकी हुन् ।

चामल, दाल, तरकारी, नून–तेल, त्रिपाल तथा नगद ५ हजार रुपैयाँसहित राहत सामग्री लिएर पीडित साह परिवारलाई नगरप्रमुख रिनाले उपलब्ध गराएकी छन् ।

‘आज मौलापुर नगरपालिकाले आगलगी पीडÞित जगदीश साहलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ । चामल, दाल, तरकारी, नून–तेल, त्रिपाल तथा नगद ५ हजार रुपैया सहित राहत सामग्री लिएर घरमा पुग्नुभएका नगरप्रमुख रीना कुमारी साहजीले पीडितलाई तुरुन्त बासको ब्यवस्था समेत मिलाउने बताउनु भएको छ,’ मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ