उपसभामुखमा श्रम संस्कृतिबाट रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन

समाचार

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन् ।

धनुषाकी रुबी कुमारी श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् ।

उपसभामुखकी उम्मेदवार बनेकी रुबीलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ । रास्वपाले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार श्रम संस्कृति पार्टीका सासंदरुवि कुमारी ठाकुर (धनुषा)लाई रहने निर्णय भएको छ । यस उम्मेदवारी प्रस्तावको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी रहने उनले जनाएका छन् ।

यता, उपसभामुख पदमा राप्रपाले पनि उम्मेदवारी दिएको छ । राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ