काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई फिर्ता बोलाएको छ ।
रास्वपाले फिर्ता बोलाउने (राइट टु रिकल) को व्यवस्था अनुसार श्रममन्त्री साहलाई फिर्ता बोलाएको हो ।
मन्त्री साहले बहालमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउन चलखेल गरेको आरोप लागेको छ ।
रास्वपा पार्टी विधानको धारा २५(४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था छ ।
रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई लेखेको पत्रमा भनिएको छ, ‘पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पेको र पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था भएकोले निज माननीय मन्त्रीलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गर्दछु ।’
सभापति लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई पदमुक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया