६ जना फरार प्रतिवादी पक्राउ

समाचार

राकेश यादव, रौतहट । रौतहट प्रहरीले अदालतबाट कैद र जरिवाना लागेका ६ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ।

रौतहट जिल्ला अदालतको फैसला कार्यन्वयन गर्ने शिलशिलामा फरार रहेका बिभिन्न मुद्दाका प्रतिवादीले खोज तलाशको क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिनेश सहनी लेनदेन मुद्दामा १ वर्ष सजाय, सुरेश साह सोनार लेनदेन मुद्दामा ३ महिना कैद, सर्बजित कुमार साह चोरी मुद्दामा १ महिना १५ दिन कैद र नगद ३ हजार जरिवाना, राम नरेश प्रसाद चेक अनादार मुदामा १५ सय जरिवाना, मुकेश साह तेली चोरी मुदामा ३ महिना कैद १० हजार जरिवाना र राम सोगारथ राय यादव लेनदेन मुदामा १ वर्ष कैद रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ