मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष प्रस्तुत

समाचार

जनकपुरधाम। मुस्लिम आयोगले आफ्नो सातौँ वार्षिक प्रतिवेदन मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष प्रस्तुत गरेको छ।

आयोगका कार्यवाहक अध्यक्ष महमदीन अलीले आर्थिक वर्ष २०८१/०८२ मा आयोगले सम्पादन गरेका गतिविधि, सञ्चालन गरेका कार्यक्रम तथा हासिल गरेका उपलब्धि समेटिएको प्रतिवेदन प्रदेश प्रमुख डा. कर्णलाई बुझाए।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार तयार गरिएको प्रतिवेदनमा आयोगका वार्षिक गतिविधि, कार्यक्रम तथा उपलब्धिको विवरण समावेश गरिएको छ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख डा. कर्णले मुस्लिम समुदायको हक, हित र अधिकार संरक्षणका क्षेत्रमा आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। उनले प्रतिवेदनमा समेटिएका विषयवस्तुले आगामी दिनमा नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मुस्लिम आयोगले समुदायभित्र रहेका समस्या, चुनौती तथा समाधानका उपायबारे अध्ययन–अनुसन्धान गर्नुका साथै सरोकारवाला निकायसँगको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता संजिव कुमार दुब्बेका अनुसार संवैधानिक व्यवस्थाअनुसार आयोगले औपचारिक रूपमा प्रदेश प्रमुखसमक्ष उक्त प्रतिवेदन पेस गरेको हो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ