सर्लाहीका ३५ वर्षीय युवकको आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार जारी

समाचार

काठमाडौँ । सर्लाहीमा आत्मदाहको प्रयास गरेका एक युवकलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। हाल उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सर्लाहीको गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनापछि उनलाई तत्काल उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार मण्डलका आफन्तले उनी केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए भन्ने जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ