रसुवा विपद्मा ज्यान गुमाएकाप्रति जनअधिकार पार्टीद्वारा श्रद्धाञ्जली

समाचार

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न जनअधिकार पार्टीले काठमाडौंको माइतीघर मण्डलामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

सभामा सहभागी जनअधिकार पार्टीका नेता तथा कार्यकर्ताले विपद्मा ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।

कार्यक्रममा सहभागीहरूले विपद्का कारण प्रभावित तथा बेपत्ता नागरिकको खोजी, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका थिए। उनीहरूले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनस्र्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

सभामा वक्ताहरूले प्राकृतिक विपद्का जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वसूचना प्रणालीको प्रभावकारी कार्यान्वयन तथा विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका थिए।

जनअधिकार पार्टीले विपद्को समयमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी पीडित नागरिकको जीवनरक्षा, राहत तथा पुनस्र्थापनामा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ