न्याय, समानता र सामाजिक एकताको सन्देशसहित जसपा नेपालको पर्व शुभकामना

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।

पार्टीका सहअध्यक्ष शरत सिंह भण्डारीले शुक्रबार शुभकामना सन्देश जारी गर्दै हिन्दु धर्मावलम्बीहरूको महान् सांस्कृतिक एवं धार्मिक पर्व शुभदीपावली (तिहार), नेपाल संवत् ११४७ को न्हूदँया भिन्तुना तथा सूर्यदेवको उपासनासँग जोडिएको छठ पर्वको अवसरमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन् ।

शुभकामना सन्देशमा यी पर्वहरूले आपसी सद्भाव, सामाजिक एकता, सहिष्णुता, बन्धुत्व र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

साथै, समाजमा विद्यमान अन्याय, असमानता र विभेदको अन्त्य गर्दै न्याय, समानता र रूपान्तरणको चेतना प्रवाह गर्न यी पर्वले प्रेरणा दिने अपेक्षा गरिएको छ ।

पर्वहरू धार्मिक आस्था र परम्परामा मात्र सीमित नरही राष्ट्रिय एकता, सामाजिक सद्भाव, पारस्परिक सम्मान र समतामूलक समाज निर्माणका प्रेरणास्रोत बन्न सकून् भन्ने कामनासमेत पार्टीले गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ