सवारी दुर्घटना १४ यात्रु घाइते ३ को अवस्था चिन्ताजनक

समाचार

4/23/2018

सुर्खेत - सुर्खेतमा फोर्स गाडी र बस ठोक्कीदा ११ यात्रु घाइते भएका छन् ।

रत्न राजमार्गको धुलियाविट–छिन्चु सडक खण्डको भेरीगंगा नगरपालिका २ सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको भे. १ ख ६५५७ नम्बरको फोर्स र बिपरित दिशाबाट आउदै गरेको भे।१।ख २२६७ नम्बरको बस ठक्कीदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका तीन यात्रुको थप उपचारको लागि नेपालगञ्ज लगिएको छ भने अन्य घाईते १४ जनाको श्रेत्रीय अस्पताल कालागाउ , माया नर्सिङ होम र देउती अस्पताल प्रा.लि सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ