मोदी मे २१ मा नेपाल भ्रमण आउने

समाचार

4/21/2018

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपाल भ्रमणमा आउने भएका छन्। 

हिन्दुस्तान टाइम्सले यो समाचार लेखेको छ । 

नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेको बताइएको छ । मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको समाचारमा छ । 

२०१४ को सार्क सम्मेलनका बेला मोदी जनपुर जान चाहेका थिए । मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ। संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ।

शुरुमा भारतले नेपालको संविधानलाई स्वागत गरेको थिएन् । यसअघिको भ्रमणमा मोदी जनकपुर जाने कार्यक्रम  रोकिएको थियो । 

भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछिकेपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ