प्रधानमन्त्रीको भाषण सुन्दासुन्दै ढलेका वडाध्यक्षको मृत्यु

समाचार

4/15/2018

सुर्खेत - कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो ।

६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आउनुभएको थियो । स्थानीय निर्वाचनमा उहाँ नेकपा (एमाले) बाट निर्वाचित हुनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उहाँ ढल्नुभएको थियो । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उहाँको मृत्यु भएको थियो । रासस

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ