मनिष मिश्र, अध्यक्ष, राष्ट्रिय विद्यार्थी संघ
राजपा नेपाल र समाजवादी पार्टीबीच सैद्धान्तिक एकता भएको थियो र सैद्धान्तिक तरिकाले विभाजन हुँदैछ । हामीले कहिल्यै पनि व्यावहारिक एकता महसुस गरेनौं । मुद्दा मिल्ने दुईटा पार्टी एकता भएको थियो । नेपालमा तेस्रो राजनीतिक शक्तिको आवश्यकता छ, कांग्रेस, एमाले, माओवादी लगायत यथास्थितिवादी पार्टी हो भनेर वैकल्पिक शक्तिको निर्माणका लागि हामी लागेका थियौं । त्यो सोच पूरा गर्नका लागि एकता भएको थियो । तर जुन तरिकाले रातारात एकता भएको थियो, त्यो आफैमा अप्राकृतिक थियो । तथापि सिद्धान्ततः हामी किन भन्छौं भने पूर्वराजाले पहिला पनि भनेको थियो कि जोसँग हाम्रो मुद्दा, विचार, सिद्धान्त मिल्छ, त्यस्ता पार्टीहरुसँग हामी एकता गर्न सक्छौं । त्यहीं सोचका साथ पूर्वसमाजवादीसँग एकता भएको थियो । तर अप्राकृतिक गठबन्धन भएकोले टिक्न सकेन भनेर हामी महसुस गरिरहेका छौं ।