महन्थ ठाकुर/उपेन्द्र यादव, अध्यक्षद्वय, जसपा नेपाल
जहाँसम्म प्रधानमन्त्रीको विश्वासको प्रस्तावको पक्ष छ, म के निवेदन गर्न चाहन्छु भने यो प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन । किनकि हामीहरु आफूलाई पनि राजनीतिक दृष्टिले लोकतन्त्र आइसकेपछि पनि विदित अवस्थामा छौं । हाम्रा साथीहरु जेलमा छन्, हामी सांसद जेलमा छन्, रेशम चौधरीलाई त हामी यहाँ हेर्न चाहन्छौं तर उहाँ त जेलमा हुनुहुन्छ । त्यस्तै प्रदेशका हाम्रा मन्त्रीहरु पनि तारेखमा छन्, हाम्रा धेरै मेयरहरु तारेखमा बसेका छन् र सयौं कार्यकर्ताहरु अझै पनि विभिन्न किसिमका मुद्दाहरु खेपिरहेका छन् । किन ? यो संविधानले गर्दा । अहिलेको जुन अवस्था हामी हेर्छौं, त्यो संविधानको त्रुटिले गर्दा नै हो । यदि हामी जुन आन्दोलन गरेका थियौं संविधानमा संशोधनका लागि, यदि त्यसबेला हाम्रो कुरा सुनिएको भए सायद आज जुन स्थिति छ त्यो आउने थिएन ।