पर्सा, १० भदौँ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा गत आर्थिक वर्ष २०७८/७९ मा सङ्कुचन देखिएको छ ।
जनकपुरधाम, १० भदौँ । जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको माग पूरा गर्न सकेको छैन ।
काठमाडौँ, १० भदौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताएका छन् ।
काठमाडौँ, १० भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ ।
जनकपुरधाम, १० भदौँ । मधेश सरकारले कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
मोरङ, १० भदौँ । मोरङको विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ ।
धनुषा, ९ भदौँ । धनुषा जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ ।
महोत्तरी, ९ भदौँ । महोत्तरीको बर्दिबास–२ स्थित बर्दिबास अस्पतालले आईसीयू (सघन उपचार कक्ष) सेवा सञ्चालन गर्ने भएको छ ।
सप्तरी, ९ भदौँ । निर्वाचन खर्च विवरण नबुझाएका सप्तरीका एक हजार तीन सय ६६ उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा स्पष्टीकरण बुझाएका छन् ।
पर्सा, ८ भदौँ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ ।
महोत्तरी, ८ भदौ । महोत्तरीको बर्दिबास नगरपालिका–२ हङकङ डाँडामा गएराति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
महोत्तरी, ६ भदौैँ । प्रहरीले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहलाई ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद भएको छ ।
सप्तरी, ६ भदौ । सप्तरीमा स्थानीय तह निर्वाचनका चार सय ८४ उम्मेदवारले मात्र निर्वाचन खर्चको विवरण बुझाएका छन् ।
काठमाडौँ, ६ भदौँ । आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीनबुँदे सहमति भएको छ ।
सिरहा, ६ भदौ । नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आश्रममा यतिबेला सन्नाटा छाएको छ ।