जनकपुरधाम, ३ भाद्र । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउन लागेको छ । भाद्र ११ गते भारतीय पर्यटक रेल आउन लागेको हो ।

काठमाडौं, ३ भाद्र । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल होमिएको छ ।

चितवन, ३ भाद्र । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

तनहुँ, ३ भाद्र । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं, २ भाद्र ।राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देश सहित फिर्ता भएको नागरिकता संशोधन विधेयक, २०७९ पुनः प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

काठमाडौं, २ भाद्र । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्धात्मक भएको टिप्पणी गरेका छन् ।

विराटनगर, २ भाद्र । प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा संयुक्त रूपमा आयोजित १ नम्बर प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ विराटनगरमा बिहिबार सम्पन्न भएको छ ।

रौतहट, २ भाद्र । चन्द्रपुर नगरपालिका–२ स्थित सडकमा बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक–आपसमा ठोक्किएर बिहीबार बिहान दुर्घटना हुँदा अटो चालक समेत अटोमा सवार ३ जनाको मृत्यु भएको छ ।

इमरान खान, कपिलवस्तु, २ भाद्र । लुम्बिनी प्रदेश सरकारले मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्षमा कपिलवस्तुका मशहूद खाँलाई नियुक्त गरेको छ ।

काठमाडौं, २ भाद्र । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा अराधन कम्प्लेक्स् बागबजार २८ वडा काठमाडौं महानगरपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।

काठमाडौं, २ भाद्र । भिजिट भिसामा वैदेशिक रोजगारका लागि दुबई पुगेका सप्तरीका एक युवकको मधेशी एकता समाजले उद्धार गरेको छ ।

सिरहा, १ भाद्र । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले जिल्लाको लहानस्थित एक मदरसामा शैक्षिक सामग्री प्रदान गरेका छन् ।

हेटौडा, १ भाद्र । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दुई अध्यादेश जारी गरेका छन् ।

दार्चुला, १ भाद्र । दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौँ, १ भाद्र । चालु आवको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।

धनुषा, १ भाद्र । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

काठमाडौं, १ भाद्र । नागरिकता संशोधन विधेयक राष्ट्रपतिले फिर्ता गरेको भन्दै युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

बाँके, १ भाद्र । बाँकेमा छुट्टाछुट्टै घटनामा आज दुईजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा एक एकजनाको मृत्यु भएको हो ।

सप्तरी, १ भदाै । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् ।

जनकपुरधाम, १ भाद्र । चुरे तथा वन जंगल संरक्षण अभियानको नेतृत्वमा सुकुम्वासीहरूले प्रदर्शन गर्नुका साथै धर्ना दिएका छन् ।

सप्तरी, १ भाद्र । सप्तरीस्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ ।

मोरङ, १ भाद्र । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं १ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बारा, १ भाद्र । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ ।

सप्तरी, १ भाद्र । सप्तरीस्थित राजविराजमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालनमा आएको छ ।

धनुषा, ३१ साउन । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा संयुक्त रूपमा आयोजित प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ धनुषाको जनकपुरधाममा मंगलबार सम्पन्न भएको छ ।

ट्रेन्डिङ