बाँके, २४ साउन । बाँकेका दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

पर्सा, २४ साउन । पर्साको पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ ।

काठमाडौँ, २४ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

महोत्तरी, २४ साउन । महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ ।

कैलाली, २४ साउन । धनगढी उपमहानगरपालिका–६ जाली बस्ने जगतराम चौधरीको आफ्नै घरको बरण्डामा पार्किङ गरी राखेको मोटरसाइकलमा आगजनी भएको छ ।

पर्सा, २४ साउन । बाल्टिनमा डुबेर एक ८ महिने बालिकाको मृत्यु भएको छ ।

नेपालगन्ज, २४ साउन । मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

काठमाडौँ, २४ साउन । आगामी आम निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका तय गरिएको छ ।

विराटनगर, २४ साउन । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले ‘कृतित्व र व्यक्तित्वमा नारायणप्रसाद संग्रौला स्मृतिग्रन्थ’को विमोचन गरेका छन् ।

काठमाडौँ, २३ साउन । गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ ।

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ ।

काठमाडौँ, २३ साउन । राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ ।

वीरगंज, २३ साउन । राष्ट्र र धर्म रक्षाका लागि कार्य गर्दै आएका हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोषानन्द जी महराजलाई एक कार्यक्रमका बीच प्रिंसटन मोडेल एकेडमी वीरगंजले कदर–पत्रसहित सम्मान र अभिनन्दन गरेको छ ।

काठमाडौं, २३ साउन । राष्ट्रिय एकता पार्टी नेपाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विलय भएको छ ।

काठमाडौँ, २३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

काठमाडौं, २२ साउन । महोत्तरीको भंगहामा नगरपालिका-१ मा ज्वाइँले सासु र श्रीमतीलाई मट्टीतेल खन्याएर आगो लगाएका छन् ।

मोरङ, २२ साउन । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट २ ग्राम ९४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, २२ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन् ।

जनकपुरधाम, २२ साउन । मधेश प्रदेशका मुख्यमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश समितिले सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौँ, २२ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखडलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

काठमाडौं, २२ साउन । नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ ।

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गरेको छ ।

जनकपुरधाम, २२ साउन । एक साताभित्र प्रहरी समायोजन नगरिए मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बारा,२२ साउन । प्रहरीले बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडकखण्डबाट दुई जनालाई दुई किलो गाँजासहित पक्राउ गरेको छ ।

काठमाडौँ, २२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छन् ।

ट्रेन्डिङ