काठमाडौं, २२ साउन । बलात्कारपीडित निहारिका राजपुतलाई प्रहरीले सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको छ ।

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दल दर्ता सुरु भएको छ ।

काठमाडौं, २१ साउन । नेपालका आदिवासी जनजाति महिलाहरुले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहसमा बिमति जनाएका छन् ।

कैलाली, २१ साउन । टिकापुर नगरपालिका–१ एकतानगर शिविर बस्ने लाल सिंह परियारको छोरा १२ वर्षीय दिनेश परियारको मृत्यु भएको छ ।

मोरङ, २१ साउन । पथरी शनिश्चरे नगरपालिका–१ गुद्री बजारबाट १ ग्राम ४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं, २१ साउन । राष्ट्रिय एकता अभियानले शनिबार काठमाडौमा ’विआरआईः बिकास परियोजना कि चिनियाँ विस्तारवाद’ विषयक गोष्ठी आयोजना गरेको छ।

जनकपुरधाम, २१ साउन । नेपाल–भारत खुला सीमा सम्वाद समूहले बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कैलाली, २० साउन । गोदावरी नगरपालिका–२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट संरक्षित बन्यजन्तु बाघको १ थान छाला र करिब २ किलोग्राम हड्डीहरू सहित चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, २० साउन । गैडहवा गाउँपालिका–३ मंगलपुरस्थित जगदिश यादवको घरमा रहेको एनआईसी एसिया बैंकको शाखा कार्यालयमा भएको छ ।

मोरङ, २० साउन । मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

काठमाडौं, १९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेतृ रम्भा मिश्रा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

सप्तरी, १८ साउन । जिल्लाको कंचनरूप नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

बाँके, १८ साउन । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ ।

काठमाडौँ, १८ साउन । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ ।

काठमाडौँ, १८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

सर्लाही, १८ साउन । सर्लाहीमा पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ । निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका सडक पनि अहिले जीर्ण भइसकेका छन् ।

कपिलवस्तु, १८ साउन । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुई जनाको ज्यान गएको छ ।

उदयपुर, १८ साउन । उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।

काठमाडौं, १७ साउन । नुवाकोट जिल्लाको विदुर नगरपालिकामा भारत सरकारको अनुदान सहयोगमा नवनिर्मित विद्यालय भवन उद्घाटन भएको छ ।

रुपन्देही, १७ साउन । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ ।

बारा, १७ साउन । मधेश प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ ।

कपिलवस्तु, १७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् ।

पर्सा, १६ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीको सजिलोका लागि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी व्यवस्थापन गरेको छ ।

जनकपुरधाम, १६ साउन । मधेश प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ ।

काठमाडौँ, १६ साउन । देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

ट्रेन्डिङ