सर्लाही, १३ साउन । सर्लाहीको बरहथवा नगरपालिका–१० किशनपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौँ, १३ साउन । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनय मोहन क्वात्रासँग भेटवार्ता गरेका छन् ।
महोत्तरी, १३ साउन । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ ।
काठमाडौँ, १२ साउन । राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।
जनकपुरधाम, १२ साउन । जनता समाजवादी पार्टीले विभिन्न सातबुँदे माग राखी सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
काठमाडौं, १२ साउन । ५६ औं रक्त सञ्चार दिवसको अवसरमा ललितपुर महानगरपालिका–९मा बिहीबार रक्तदान तथा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
पर्सा, १२ साउन । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।
जनकपुरधाम, १२ साउन । महिलाको रकम लुटेर फरार रहेका दुई युवालाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौं, ११ साउन । चिनियाँ माफियाको लगानीमा अनलाइनमार्फत ठगी गरेको आशंकामा प्रहरीले काठमाडौंको ठमेलस्थित एक कल सेन्टरमा छापा मारेको छ ।
काठमाडौँ, ११ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा आएका बङ्गालदेशका जलस्रोत सचिव कविर बीन अन्वरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
जनकपुरधाम, ११ साउन । तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुर चुरोट कारखाना परिसरलाई औद्योगिक विकास क्षेत्रका रूपमा उपयोग गर्न संघीय सरकारलाई सुझाव दिएको छ ।
काठमाडौं, ११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ, ११ साउन । पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार सङ्ग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ ।
जनकपुरधाम, ११ साउन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् ।
रौतहट, १० साउन । स्मार्ट सिटीको रुपमा विकास भैरहेको रौतहटको मौलापुरमा ऐतिहासिक संरचनाको रुपमा निर्मित बसपार्क उद्घाटन भएको छ ।
बाँके, १० साउन । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।
काठमाडौं, ९ साउन । जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) स्थापनाको १८ वर्ष पूरा भएको छ ।
रुपन्देही, ९ साउन । एक युवतीलाई निजि तस्बीरहरू सामाजिक संजाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरी जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भेट गरेका छन् ।
सर्लाही, ९ साउन । सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका–५ का २२ वर्षीय रमेशकुमार यादव रहेका छन् ।